आरम्भ माइक्रोफाइनान्सको स्थापना दिवस : खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

aarambha blood donation

बनेपा, २८ बैशाख । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौं स्थापना दिवसको उपलक्ष्यमा शुक्रवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रपलाञ्चोक जिल्लाको बनेपा १० जनागल स्थित संस्थाको आफ्नै प्राङ्गणमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रगत नपाएर छट्पटिएका व्यक्तिहरुको जीवन रक्षाको निमित्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । यस संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीहरु, ग्राहक सदस्यहरु, अभिभावकहरु र सर्वसाधारणहरु गरी ४० जनाको उपस्थिति रहेको थियो । उक्त उक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी बनेपाले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

आम्भ माइक्रोफाइनान्सले तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, तनहूँ, धादिङ्ग र गोरखा गरी १५ वटा जिल्लाहरुमा २० वटा शाखा कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

सो अवसरमा संस्थाका कार्यक्रम तथा योजना विभागका अधिकृत श्री सन्तोष थापाले १५ वटा जिल्लाहरुका २० वटा शाखा कार्यालयको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाको २०७६ बैशाख मसान्तसम्ममा ग्राहक संख्या १४,४७३ रहेको, लगानीमा रहेको कर्जा रु. ४५ करोड ७३ लाख रहेको र बचत रु. १४ करोड ५८ लाख रहेको जानकारी गराउनुभएको थियो ।

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा मिति २०७६ बैशाख २६ गते बिहिबार काभ्रेपलाञ्चोक बनेपा₋१० स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भयो । संस्थाका संचालक समितिका अध्यक्ष दिपक तिवारीज्यूको सभापतित्वमा सम्पन्न सो विशेष साधारण सभामा संञ्चालक पराग खड्का, सञ्चालक सन्तोष पोख्रेल, सञ्चालक टंक प्रसाद उप्रेती, सञ्चालक रिता गौतम, सञ्चालक भिमसेन बस्नेतले आसन ग्रहण गर्नु भएको थियो ।

त्यसै गरी विशेष प्रस्ताव तर्फसंचालक समितिले प्रस्ताव गरे बमोजिम यस आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने÷गाभिने तथा प्राप्ति÷सहमति हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन गर्न परामर्शदाता, मूल्याकंनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र अन्य वित्तीय संस्थाहरुका शाखा खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु श्री शिव प्रसाद मुनाकर्मी, श्री नविन बडाल, श्री सन्तोष थापा, श्री हरि प्रसाद सापकोटाले विशेष साधारण सभामा आफनो राय, सुझाव पेश गर्नु भएको थियो । विशेष साधारण सभामा संस्थाका संचालक समितिका अध्यक्ष श्री दिपक तिवारीले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य सहित धन्यवादज्ञापन गर्नु भएको थियो । सो विशेष साधारण सभाको संचालन संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत पवन कुमार श्रेष्ठले गरेका थिए । विशेष साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट स्वीकृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार