एजेन्सी, २८ बैशाख । प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार यो डुंगा ट्युनिसिया नजिक समुद्रमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । बिहीबार लिबियाबाट छुटेको उक्त डुङ्गा समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भएको बताइएको छ । उक्त डुंगामा धेरैजसो अफ्रिकाका मानिसहरु सवार रहेका थिए ।




