काठमाडौँ, २७ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





