भीभो नेपालद्वारा ‘भीभो एपेक्स’ सार्वजनिक

काठमाडौँ, २७ बैशाख । कन्सेप्ट स्मार्टफोन ‘भीभो एपेक्स २०१९’ भीभो नेपालले प्रदर्शन गरेको छ । उक्त कम्पनीले पहिलो पटक नेपालमा सुपर युनिबडी डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो ।

कम्पनीका अनुसार भीभो एपेक्समा भएको सुपर युनिबडी डिजाइनले कम्पनीले स्मार्टफोनको डिस्प्लेलाई थप महत्व प्रदान गरेको जनाएको छ । यसमा राखिएको इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजीद्धारा एक टचमा नै प्रयोगकर्ताले आफ्नो स्मार्टफोन अनलक गर्न सकिने कम्पनीको भनाइ छ ।

त्यसको लागि प्रयोगकर्ताले आफ्नो हातको औंलाको फिंगरप्रिन्ट स्क्यान गरेर प्रयोग गर्नुपर्दछ । भीभो एपेक्समा फूलभ्यू डिस्प्लेको अनुभव प्रदान गर्नको लागि कम्पनीले बडी साउण्डकास्टिंग टेक्नोलोजीको प्रयोग गरेको छ । यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउण्ड आउँछ र प्रयोगकर्ताहरुलाई भिडियो वा अडियो हेर्दा र सुन्दा उत्कृष्ट अनुभव हुन्छ ।

भीभो एपेक्सले चार्जिंग र डाटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लग्दा आफैं जोडिने फीचर रहेको छ । ब्याट्री तात्ने समस्याका लागि फोनमा कम्पनीले लिक्विड कुलिंग टेक्नोलोजी ल्याएको छ ।

एपेक्स २०१९ क्वालकम स्न्यापड्रागन ८५५ प्लेटफर्ममा आधारित रहेको छ । जसमा अहिलेसम्मकै उच्च स्तरको र्याम र स्टोरेज रहेको छ । फोनमा १२जीबी र्यामका साथमा २५६ जिबी स्टोरेज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी