एउटै घरबाट हजारभन्दा बढी बन्दुक बरामद

काठमाडौँ, २६ बैशाख । अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ ।

बुधबार गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएको थियो ।

अमेरिकाका दुई सुरक्षा एजेन्सीले संयुक्त रुपमा सो छापा मारेका थिए । सर्च अपरेसनमा अमेरिकाको ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म एण्ड एक्स्प्लोसिभ्स’ र लस एन्जेल्स प्रहरी विभाग संलग्न थिए ।

घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउबारे प्रहरीले थप जानकारी बाहिर ल्याएको छैन । घटनास्थलको हवाई फुटेजमा सडकमा ओछ्याइएको त्रिपालमा सयौं बन्दुक राखिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर