नेपाल विद्यापीठका विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

काठमाडौँ, २६ बैशाख । पछिल्लो समयमा विद्यालयबाट घर पुग्ने वितिक्कै विद्यार्थीहरु गृहकार्यलाई थाँती राखेर सामाजिक सञ्जालमा अल्झिन थालेपछि नयाँबानेश्वरको नेपाल विद्यापीठले आफ्ना विद्यार्थीलाई सामाजिक सञ्जालबाट हुने फाइदा र बेफाइदाका बारेमा प्रहरीमार्फत प्रशिक्षण दिएको छ ।

गत शैक्षिक सत्रमा सो विद्यालयमा गठन गरिएको प्रहरी विद्यालय समन्वय समितिमार्फत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई सामाजिक सञ्जालको दुरुपयोगबाट बढ्दै गरेका साइबर अपराधको बारेमा समयमै सचेत रहन आग्रह गरिएको विद्यालयका प्रिन्सिपल विनोद तिल्सिनाले बताए ।

सामुदायीक प्रहरी सेवा केन्द्र १० को पहलमा आयोजित सो प्रशिक्षण कार्यक्रममा प्र.ह ताराराम दयालले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए भने महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी निरीक्षक संगिता श्रेष्ठले विद्यार्थीलाई साइबर अपराधबाट जोगिन र लागुपदार्थ दुव्र्यसनबाट टाढा बस्न समेत आग्रह गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई