नेपाल विद्यापीठका विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

काठमाडौँ, २६ बैशाख । पछिल्लो समयमा विद्यालयबाट घर पुग्ने वितिक्कै विद्यार्थीहरु गृहकार्यलाई थाँती राखेर सामाजिक सञ्जालमा अल्झिन थालेपछि नयाँबानेश्वरको नेपाल विद्यापीठले आफ्ना विद्यार्थीलाई सामाजिक सञ्जालबाट हुने फाइदा र बेफाइदाका बारेमा प्रहरीमार्फत प्रशिक्षण दिएको छ ।

गत शैक्षिक सत्रमा सो विद्यालयमा गठन गरिएको प्रहरी विद्यालय समन्वय समितिमार्फत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई सामाजिक सञ्जालको दुरुपयोगबाट बढ्दै गरेका साइबर अपराधको बारेमा समयमै सचेत रहन आग्रह गरिएको विद्यालयका प्रिन्सिपल विनोद तिल्सिनाले बताए ।

सामुदायीक प्रहरी सेवा केन्द्र १० को पहलमा आयोजित सो प्रशिक्षण कार्यक्रममा प्र.ह ताराराम दयालले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए भने महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी निरीक्षक संगिता श्रेष्ठले विद्यार्थीलाई साइबर अपराधबाट जोगिन र लागुपदार्थ दुव्र्यसनबाट टाढा बस्न समेत आग्रह गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ