एसईई परीक्षा : उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

काठमाडौँ, २६ बैशाख । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।

परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ ।

एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ । आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ