काठमाडौँ, २३ बैशाख । आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी स्थिर रहदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





