उपाधि जित्ने काव्यका विद्यार्थीलाई सम्मान

काठमाडौँ, २३ बैशाख । आफ्नो विद्यालयमा मात्रै नभई विद्यालय बाहिरका प्रतियोगितामा पनि आफुलाई अव्वल बनाउन सफल काव्य स्कूल नयाँबानेश्वरका १० कक्षाका छात्राद्वय सन्ध्या श्रेष्ठ र पियषा श्रेष्ठलाई वधाई तथा सम्मान गरिएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले विद्यालयको एसेम्ब्लीमा आयोजित विशेष कार्यक्रममा छात्राद्वय सन्ध्या र पियषालाई टिका लगाई प्रशंसापत्र र उपहार दिएर वधाई र सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयको सेकेण्डरी इन्चार्ज चक्र दवाडी लगायतका शिक्षकहरुले पनि विद्यालयको नाम उँचो राख्ने छात्राद्वय सन्ध्या र पियषालाई वधाई दिएका थिए ।

गत बैशाख ८ गते अक्षरा स्कुल काँडाघारीले राष्ट्रिय नाचघरमा आयोजना गरेको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१९’ प्रतियोगितामा २७ विद्यालयका प्रतिष्पर्धिलाई उछिनेर सन्ध्याले जुनियर स्कुल प्रिन्सेसको मुख्य उपाधि जितेकी थिइन भने पियशाले फस्ट रनरअपको उपाधि जितेकी थिइन । उनीहरुलाई आयोजकले टाइटलका साथमा साइकल र मोवाइल फोन पुरस्कार दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि

काठमाडाैँ, ११ भदाै । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ । उपकुलपति किशनदत्त भट्टका अनुसार

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई