काठमाडौँ, २३ बैशाख । आफ्नो विद्यालयमा मात्रै नभई विद्यालय बाहिरका प्रतियोगितामा पनि आफुलाई अव्वल बनाउन सफल काव्य स्कूल नयाँबानेश्वरका १० कक्षाका छात्राद्वय सन्ध्या श्रेष्ठ र पियषा श्रेष्ठलाई वधाई तथा सम्मान गरिएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले विद्यालयको एसेम्ब्लीमा आयोजित विशेष कार्यक्रममा छात्राद्वय सन्ध्या र पियषालाई टिका लगाई प्रशंसापत्र र उपहार दिएर वधाई र सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयको सेकेण्डरी इन्चार्ज चक्र दवाडी लगायतका शिक्षकहरुले पनि विद्यालयको नाम उँचो राख्ने छात्राद्वय सन्ध्या र पियषालाई वधाई दिएका थिए ।
गत बैशाख ८ गते अक्षरा स्कुल काँडाघारीले राष्ट्रिय नाचघरमा आयोजना गरेको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१९’ प्रतियोगितामा २७ विद्यालयका प्रतिष्पर्धिलाई उछिनेर सन्ध्याले जुनियर स्कुल प्रिन्सेसको मुख्य उपाधि जितेकी थिइन भने पियशाले फस्ट रनरअपको उपाधि जितेकी थिइन । उनीहरुलाई आयोजकले टाइटलका साथमा साइकल र मोवाइल फोन पुरस्कार दिएको थियो ।







