एजेन्सी, २३ बैशाख । एसियाकै धनी मुकेश अम्बानीका कामदारको तलब ३ लाख २० हजार रुपयाँ सम्म रहेको छ ।
अम्बानीको घर एन्टिलिया विश्वकै सर्वाधिक महँगो घरमध्येमा पर्छ । अम्बानीको घरमा करिब ६ सय कामदारहरु छन् ।
उनको घरमा एक महिनामा एक कामदारलाई मात्रै मात्र ३ लाख २० हजार रुपयाँ तलब दिइने बताइएको छ । यसका साथै उनीहरूलाई बिमाको सुविधा पनि दिइएको छ ।
अम्बानीको घरमा काम गर्नका लागि विभिन्न योग्यताको आवश्यकता पर्छ । लिखित परीक्षा लिइन्छ । यो लिखित परीक्षा उत्तीर्ण गरेपछि मात्रै अन्तर्वार्ताका लागि छनौट गरिन्छ । अन्तर्वार्ता लिइन्छ र मेडिकल टेस्टसमेत दिनुपर्छ । बल्ल मात्र अम्बानीको घरमा काम गर्ने अवसर मिल्ने बताइएको छ ।






