प्रधानमन्त्री कप जेठ पहिलो सातादेखि

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता यही जेठ एक गतेदेखि सुरु हुने भएको छ ।

आइतबार काठमाडौँमा नेपालय इन्टरनेशनलले पत्रकार सम्मेलन गरी ५० ओभरको हुने प्रतियोगिता जेठ एकदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ ।  प्रतियोगिताको विजेता टिमले २० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार नगद प्राप्त गर्नेछ ।

ब्याट्सम्यानले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरेमा ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह