प्रधानमन्त्री कप जेठ पहिलो सातादेखि

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता यही जेठ एक गतेदेखि सुरु हुने भएको छ ।

आइतबार काठमाडौँमा नेपालय इन्टरनेशनलले पत्रकार सम्मेलन गरी ५० ओभरको हुने प्रतियोगिता जेठ एकदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ ।  प्रतियोगिताको विजेता टिमले २० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार नगद प्राप्त गर्नेछ ।

ब्याट्सम्यानले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरेमा ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर