शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २२ वैशाख । आज आइतबार धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ ।

कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । स्टकका अनुसार बैंकिङ १६.०२, होटल १९.६१, विकास बैंक १७.४४, जलविद्युत् ५३.८८, वित्त २.४०, निर्जीवन बीमा २४.७३ , लघुवित्त २५.८७ र जीवन बीमा १२७.०२ बिन्दुले घटेको छ ।

नेप्से परिसूचक घटेपछि कारोवारमा समेत १२ प्रतिशित घटेको थियो । अघिल्लो साता ५ अर्व रुपैयाँको कारोबार भएकोमा गत हप्ता ४ अर्व ४१ करोड रुपैयाँ बराबरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार