काठमाडौँ, २२ वैशाख । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





