माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रसारण आज

काठमाडौँ, २२ बैशाख । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ । कूल २२० केभी क्षमताको त्यस प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५र१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गरिनेछ । यस्तै दोस्रो युनिट भने आगामी असारदेखि सञ्चालनमा ल्याउने तयारीमा छ । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार