काठमाडौँ, २२ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले घरेलु मैदान चिन्नास्वामी स्टेडियमा सनराइजर्स हैदरावादलाई बेंग्लोरले ४ विकेटले पराजित गरेको छ ।
शनिबार भएको खेलमा १ सय ७६ रनको विशाल लक्ष्य पाएको बेंगलोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेपछि जित हात पारेको हो ।
बेंगलोरका लागि शिम्रन हिटमायरले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाउँदै विजय शंकरबाट क्याच आउट भए । चौ गुरकीरतसिंह मान र हिटमायरले १ सय ४४ रनको साझेदारी गरे । गुरकीरतसिंह ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रनमा युसुफ पठानबाट क्याच आउट भए ।
कप्तान विराट कोहली ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाउँदै रिद्धीमान शाहबाट क्याचआउट भए । एवी डि भिलियर्सई १ रनमा मार्टिन गुप्टिलबाट क्याच आउट भए । हैदरावादका खलिल अहमद ३ र भुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिए । त्यसअघि हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कप्तान केन विलियम्सन ७० रनमा अविजित रहे ।






