ट्रिटनका विद्यार्थीले विद्यालयमै आमाको मुख हेरे

काठमाडौँ, २१ बैशाख । मातातिर्थ औंशीको अवसरमा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगरमा अध्ययनरत साना केटाकेटीका ममीलाई विद्यालयमै निम्ता गरेर ममीको मुख हेर्ने वातवरण विद्यालयले मिलाइदियो ।

त्यतिमात्रै नभई विद्यालयको तर्फबाट केटाकेटीमार्फत ती ममीहरुलाई शुभकामना कार्ड, उपहार र खानेकुरा समेत दिएर रमाइलो गरिएको थियो ।

त्यसो त विहान घरबाट विद्यालय आउँदा ति विद्यार्थीले तिनै ममीको अनुहार हेरिसकेका थिए । तैपनि आम हिन्दुहरुको महान पर्व मातातिर्थ औंशीको महत्वबारे केटाकेटीलाई जानकारी दिन विद्यालयमै ममीहरुलाई नित्याईएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।

आफुलाई जन्म दिएर स्याहार सुसार गर्दै कर्म दिने ममीलाई जीवनभर उहाँको आदर गर्न, ममीको कहिल्यैपनि चित्त दुखाउन हुन्न भन्ने कुरा सिकाउन, ममीलाई मनपर्ने खाने कुरा, लगाउने कुरा र उपहार दिन सिकाउनका लागि विद्यालयमा ‘ममी र केटाकेटी’को भेट गराइ मातातिर्थ औंशी मनाइएको भाइस प्रिन्सिपल ममता शाहले बताइन ।

विद्यालयले सबै नेपाली परम्परागत चाडपर्वमा विद्यार्थीहरुलाई सहभागी गराई चाडपर्वको महत्वबारे व्यवहारिक रुपमै सिकाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ