हरेक दिन ट्वीटर लगइन कतिजना मानिसले गर्छन् ?

एजेन्सी, २१ बैशाख । ट्वीटरले हालै आफ्नो सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गरेको छ ।

उक्त रिपोर्ट अनुसार अहिले हरेक दिन १३ करोड ४० लाख मानिसले ट्वीटर लगइन गर्दछन् । सन् २०१८ को अन्तिम त्रैमासिकमा दैनिक ट्वीटर प्रयोगकर्ताको संख्या १२ करोड ६० लाख रहेकोमा पछिल्लो त्रैमासिकमा उक्त संख्यामा ८० लाखले वृद्धि भएको हो ।

ट्वीटरका अनुसार यो तथ्यांक केवल ट्वीटरमा विज्ञापन हेर्ने ट्वीटर प्रयोगकर्ताको हो । ट्वीटरमा विज्ञापन नहेर्ने प्रयोगकर्ताको संख्या बढी रहेको हुँदा ट्वीटरका यथार्थ प्रयोगकर्ताको संख्या झनै बढि रहेको जनाएको छ ।

ट्वीटरका अनुसार ट्वीटरका मासिक सक्रिय प्रयोगकर्ताको संख्या बढेर ३३ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । २०८३ साल असोज १२ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य फलदायी रहनेछ। व्यापारमा लाभ हुनेछ।

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार