आईसीसी विश्व बरियतामा नेपाल ११औं स्थानमा

काठमाडौँ, २० बैशाख । आईसीसी विश्व बरियतामा नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मे ३ आजदेखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले तीन स्थान सुधार गर्दै ११औं स्थानमा पुगेको हो । यसअघि नेपाल १४औं स्थानमा थियो । नेपालले २१२ पोइन्ट पाएको छ ।

नेपालभन्दा पछि दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १३औं स्थानमा कायम रहँदा अर्को टेष्ट नेशन राष्ट्र आयरल्यान्ड टी-२० क्रिकेटको विश्व बरियतामा १५औं स्थानमा छ ।

टी-२० बरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटौमा न्युजिल्यान्ड, सातौमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इन्डिज र १०औंमा बंगलादेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको