आईसीसी विश्व बरियतामा नेपाल ११औं स्थानमा

काठमाडौँ, २० बैशाख । आईसीसी विश्व बरियतामा नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मे ३ आजदेखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले तीन स्थान सुधार गर्दै ११औं स्थानमा पुगेको हो । यसअघि नेपाल १४औं स्थानमा थियो । नेपालले २१२ पोइन्ट पाएको छ ।

नेपालभन्दा पछि दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १३औं स्थानमा कायम रहँदा अर्को टेष्ट नेशन राष्ट्र आयरल्यान्ड टी-२० क्रिकेटको विश्व बरियतामा १५औं स्थानमा छ ।

टी-२० बरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटौमा न्युजिल्यान्ड, सातौमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इन्डिज र १०औंमा बंगलादेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ