एजेन्सी, २० बैशाख । बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानीका कारण भारतको ओडिशामा हालसम्म एकजनाको मृत्यु भएको छ भने २० घर ध्वस्त भएका छन् ।
भारतीय मिडिया अनुसार पुरीमा रुख ढल्दा एकको मृत्यु भएको छ भने आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लामा २० घर ढलेको खबर छ । बंगालका सबै सरकारी स्कूलले आजदेखि फानीलाई ध्यानमा राखेर गर्मीको छुट्टी दिइएको छ ।
ओडिशाको पुरी तटसँग ठोक्किएको आँधी १ सय ७५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको छ ।





