एजेन्सी, २० वैशाख । बंगालको खाडीको दक्षिण पूर्वीमा बनेको समुन्द्री फानी चक्रावत भारतको ओडिसा राज्यस्थित पुरी समुद्री तटमा पुगेको जनाएको छ ।
भारतको ओडिसमा १५ जिल्लाबाट ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । फानी आँधी चारदेखि ६ घन्टासम्म अत्यन्तै भीषण रहनेछ ।
करिब २४५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको यो आँधीको प्रभाव नेपालमा पनि देखिएको छ । पूरीमा तीब्र बेगको हावासहित भारी बर्षात् भइरहेको छ भने नेपालका विभिन्न ठाँउहरुमा समेत वर्षा भइरहेको छ ।
The sound and the fury : here's what the landfall at Puri by #CycloneFani actually looked like..
Video by @PIBBhubaneswar pic.twitter.com/4GpvKFkRQ3
— PIB India (@PIB_India) May 3, 2019
भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे जमिनमा आइपुगेको थियो। उसले यो उत्तर दिशातिर अघि बढ्ने र छ घण्टापछि शक्ति केही क्षीण हुँदा बलियो हावाहुरीको रूप लिन सक्ने बताएको छ।






