काठमाडौँ, १९ बैशाख । नेप्से परिसूचक बिहीबार ४.२१ अंकले घटेर १२९४.३९ विन्दुमा पुगेको छ ।
१७० कम्पनीको ५८ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । १८ लाख ३ हजार २६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल १० वटा समूहको सेयर कारोबार भएकामा ३ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी ७ समूह तल झरेका छन् ।
सबैभन्दा धेरै उत्पादनमूलक समूह ३८.०८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ६.७६ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल बैंक अधि आएको छ । यसको ४ करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ ।






