टोटनह्यामले १–० गोल अन्तरले पराजित

काठमाडौँ, १८ वैशाख । टोटनह्यामले आफ्नै मैदानमा डच प्रतिस्पर्धी आयाक्ससँग एक शून्यको गोल अन्तरले पराजित भएको छ ।

मंगलबार राति भएको पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने टोटनह्यामको लक्ष्य सेमिफाइनलको पहिलो लेगको नतिजाले गम्भीर धक्का लागेको छ । खेलको १५ औं मिनेटमा डोनी भान डी बीकले टोटनह्यामका गोलरक्षक ह्युगो लोसिलाई चतुर्‍याईंपूर्वक छक्याउँदै गरेको गोल नै निर्णायक बन्यो ।

आयाक्स यही टोली हो जसले नकआउट चरणका यसअघिका दुई खेलमा रियल मड्रिड र युभेन्टसलाई पराजित गरेर जायन्ट किलरको उपमा पाएको थियो । दोस्रो लिगमा यही नतिजालाई कायम राखे आयाक्सले च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र लिभरपुलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको