काठमाडौँ, १८ वैशाख । टोटनह्यामले आफ्नै मैदानमा डच प्रतिस्पर्धी आयाक्ससँग एक शून्यको गोल अन्तरले पराजित भएको छ ।
मंगलबार राति भएको पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने टोटनह्यामको लक्ष्य सेमिफाइनलको पहिलो लेगको नतिजाले गम्भीर धक्का लागेको छ । खेलको १५ औं मिनेटमा डोनी भान डी बीकले टोटनह्यामका गोलरक्षक ह्युगो लोसिलाई चतुर्याईंपूर्वक छक्याउँदै गरेको गोल नै निर्णायक बन्यो ।
आयाक्स यही टोली हो जसले नकआउट चरणका यसअघिका दुई खेलमा रियल मड्रिड र युभेन्टसलाई पराजित गरेर जायन्ट किलरको उपमा पाएको थियो । दोस्रो लिगमा यही नतिजालाई कायम राखे आयाक्सले च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र लिभरपुलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।





