जापानका राजा अकिहितोले त्यागे गद्दी

एजेंसी, १८ बैशाख । जापानका राजा अकिहितोले राजगद्दी त्यागेको घोषणा गरेका छन् ।

जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण गरेका छन् ।

राजा अकिहितो ३० वर्ष शासनपति स्वेच्छिक रुपमा गद्दी त्याग गरेका हुन् । ८५ वर्षका राजाले बुढेशकाल र कमजोर स्वास्थ्यका कारण आफ्नो भूमिका निर्वाह गर्न कठिन भएको बताएपछि राजगद्दी छाड्न अनुमति पाएका हुन् ।

दुई सय वर्षको इतिहासमा उनी राजगद्दी छाड्ने पहिलो राजा हुन् । गद्दीत्याग मूल समारोहको कार्यक्रम राजदरबारमा करिब तीन सय जनाको उपस्थितिमा भएको थियो ।

समारोहमा जापानी प्रधानमन्त्री सिञ्जो अबे, राजकुमार नारुहितो र युवराज्ञी मसाको पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ