काठमाडौँ, १६ वैशाख । बर्नलीलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले पुनस् शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक भएको खेलमा सिटीका लागि अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले ६३औं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बर्नलीका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोल भएको देखाएको थियो ।
यो जितसँगै सिटीले लिभरपुललाई एक अंकले पछि पारेको छ । ३६ खेल खेलेको सिटी ९२ जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने समान ३६ खेल नै खेलको लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ ।





