आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ, १५ वैशाख । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।

आज हुने पहिलो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच तथा दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।

फिरोज शाह कोट्ला मैदानमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ ।  दिल्ली ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ भने बैंगलोर ११ खेलबाट ८ अंकसहित तालिकाको पुछारमा छ ।

यस्तै दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच हुनेछ । कोलकत्ताको मैदानमा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । मुम्बई ११ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर