काठमाडौँ, १५ वैशाख । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।
आज हुने पहिलो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच तथा दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।
फिरोज शाह कोट्ला मैदानमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । दिल्ली ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ भने बैंगलोर ११ खेलबाट ८ अंकसहित तालिकाको पुछारमा छ ।
यस्तै दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच हुनेछ । कोलकत्ताको मैदानमा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । मुम्बई ११ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।






