जेट एयरवेजका एक कर्मचारीद्वारा आत्महत्या

काठमाडौँ, १५ वैशाख । जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार ५३ वर्षीय शैलेष कुमार सिंह विगत ३ वर्षदेखि क्यान्सर पीडित थिए । गत ४ महिनादेखि उनको स्वास्थ्य अवस्था झ बिग्रेको थियो ।

त्यसैबीच उनले मार्चबाट तलबसमेत नपाएको बताएका थिए । गत शुक्रबार उनलार्ई अस्पतालबाट घर लगिएको थियो । उनले सोही दिन छतबाट हामफालेर आत्महत्या गरेका हुन् ।

मृतकका जेठा छोरा पनि जेट एयरमै काम गर्छन् । आर्थिक संकटमा फसेपछि भारतकै ठूलो विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेका थिए ।

पछिल्लो समय मात्रै जेट एयरवेजले थप १० विमान सेवाबाट हटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर