मेस्सीले रचे नयाँ कीर्तिमान : तीन खेल अगावै च्याम्पियन

काठमाडौँ, १५ वैशाख । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले लिग ला लिगामा नयाँ कीर्तिमानी बनाउँदै बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेसँगै मेस्सीले नयाँ कीर्तिमानी बनाएका हुन् ।

नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको ३५ औंको खेलमा बार्सिलोनाले लेभान्टेलाई १-० गोल अन्तरले हराउँदै जारी सिजनको लिग जित्यो । बार्सिलोनाले २६औं पटक लिग उपाधि जित्दा अर्जेन्टिनी मेस्सीले भने व्यक्तिगत रूपमा १०औं पटक ला लिगा जिते । लिग जितेपछि मेस्सी क्लबको इतिहासमा सर्वाधिक धेरै लिग जित्ने खेलाडी बनेका हुन् ।

बार्सिलोनाका पूर्वकप्तान आन्द्रेस इनिएस्टा ९ पटक ला लिगा जितेका थिए । मेस्सीले बार्सिलोनाका लागि हालसम्म खेलेका खेलमध्ये ३ सय ७७ खेलमा जित निकालेका छन् । ला लिगामा रियल मड्रिडका पूर्वखेलाडीले पाको गेन्टोले १२ पटक ला लिगा जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह