काठमाडौँ, १४ वैशाख । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । यो सँगै नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेतासमेत रहेको नेपाल उपाधि रक्षा गर्ने अभियानका साथ थाइल्याण्ड पुगेको थियो ।
८७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले २१ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेछ्यायो । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।
यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२।२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । भागवतले ८३ बलको समना गर्दै नटआउट ४३ रन बनाउँदा अरु ब्याट्सम्यानले भने दोहोरो अंक समेत जोड्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा निखिलकुमार सिंह एक्लैले चार विकेट लिएका थिए । नेपालले फाइनलमा सिंगापुर र मलेसियाबीचको खेलको विजेतासँग आइतबार खेल्नेछ ।






