हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, १४ वैशाख । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । यो सँगै नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेतासमेत रहेको नेपाल उपाधि रक्षा गर्ने अभियानका साथ थाइल्याण्ड पुगेको थियो ।

८७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले २१ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेछ्यायो । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।

यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२।२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । भागवतले ८३ बलको समना गर्दै नटआउट ४३ रन बनाउँदा अरु ब्याट्सम्यानले भने दोहोरो अंक समेत जोड्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा निखिलकुमार सिंह एक्लैले चार विकेट लिएका थिए । नेपालले फाइनलमा सिंगापुर र मलेसियाबीचको खेलको विजेतासँग आइतबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर