आईपीएल : कोलकतामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौँ, १३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को ४३ औं खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सले ३ विकेटले पराजित गरेको छ ।

कोलकताकोे घरेलु मैदान इडेन गार्डेनमा टस जितेर फिल्डींग रोजेको राजस्थानले ४ बल बाँकी हुँदै कोलकताले दिएको १७६ रनको लक्ष्य पछ्याएको थियो । राजस्थानका लागि रियान परागल ४७, अजिंक्य रहाणे ले ३४ र जोफ्रा आर्चरले अविजित २७ रन बनाए ।

कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । कोलकता कप्तान दिनेश कार्तिकले ९७ रन बनाए । ३ रनले उनले शतक चुकाए ।

त्यस्तै नीतेश राणाले २१ रन बनाए । कोलकताले निर्धारित २० ओवरमा छ विकेट गुमाएर १७५ रन बनायो । अन्तिम ओभरको दोस्रो बलमा पनि जोफ्रा आर्चरले छक्का प्रहार गरेपछि राजस्थानले रोमाञ्चक जित निकालेको थियो ।

योसँगै ११ खेलमा ४ खेल जितेको राजस्थान ८ अंकसहित ७ औँ स्थानमा छ भने बराबर जितेको कोलकता ६ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा