आईपीएल : कोलकतामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौँ, १३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को ४३ औं खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सले ३ विकेटले पराजित गरेको छ ।

कोलकताकोे घरेलु मैदान इडेन गार्डेनमा टस जितेर फिल्डींग रोजेको राजस्थानले ४ बल बाँकी हुँदै कोलकताले दिएको १७६ रनको लक्ष्य पछ्याएको थियो । राजस्थानका लागि रियान परागल ४७, अजिंक्य रहाणे ले ३४ र जोफ्रा आर्चरले अविजित २७ रन बनाए ।

कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । कोलकता कप्तान दिनेश कार्तिकले ९७ रन बनाए । ३ रनले उनले शतक चुकाए ।

त्यस्तै नीतेश राणाले २१ रन बनाए । कोलकताले निर्धारित २० ओवरमा छ विकेट गुमाएर १७५ रन बनायो । अन्तिम ओभरको दोस्रो बलमा पनि जोफ्रा आर्चरले छक्का प्रहार गरेपछि राजस्थानले रोमाञ्चक जित निकालेको थियो ।

योसँगै ११ खेलमा ४ खेल जितेको राजस्थान ८ अंकसहित ७ औँ स्थानमा छ भने बराबर जितेको कोलकता ६ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर