काठमाडौँ, १२ वैशाख । उल्भरह्याम्टनसँग पराजित भएपछि आर्सनलको प्रिमियर लिगमा शीर्ष चारमा रहने संभावना न्युन बनेको छ ।
बुधबार राति भएको खेलमा आर्सनल उल्भरह्याम्टनसँग तीन एकले पराजित भयो । घरेलु मैदानमा उल्भ्सले पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो ।
जितपछि उल्भ्स लिगको सातौं स्थानमा उक्लिएको छ भने ६६ अंक बोकेको आर्सनल पाँचौ स्थानमा रहेको छ ।





