काठमाडौँ, ११ वैशाख । नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ७२ कम्पनीको ३४ लाख ८ हजार ३७४ कित्ता शेयर खरिदबिक्री भई ९५ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी नेपाल बैंकको कारोबार ९ करोड ९ लाख रुपैयाँ भएको छ ।त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ ।






