श्रीलङ्का हमलाको जिम्मा आइएसले लियो

एजेन्सी, १० वैशाख । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बिस्फोटको जिम्मा आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले लिएको छ ।

आईएसले आफूले विस्फोट गराएको कुनै आधिकारिक प्रमाण पेश नगरे पनि मंगलबार आफ्नो समूहको समाचार एजेन्सी एएमएक्यूमार्फत विस्फोटको जिम्मा लिएको छ ।

आइतबार देशका विभिन्न भागमा रहेका गिर्जाघर र होटेलमा बिस्फोट हुँदा ३ सय १० जनाको मृत्यु भएको थियो जसमा ३६ जना विदेशी नागरिकको मृत्यु भएको जनाइएको छ। राजधानी कोलम्बोलगातका विभिन्न शहरमा रहका चर्च र होटलमा भएको विस्फोटमा परि ५०० भन्दा बढी घाइते भएका छन् ।

श्रीलंका सरकारले शृङ्खलाबद्ध विस्फोटनको मानवीय तथा भौतिक क्षतिको दुखद घडिमा मंगलबार शोक मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर