आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलको उपाधिका लागी नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने

बाँके, १० बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने  भएका छन् ।

मंगलवार बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा दुवैले सेमिफाइनलमा जित निकाल्दै स्वर्ण पदकका लागि भिडन्त पक्का गरेका हुन् ।

आर्मीले अर्को विभागीय टोली एपीएफलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दा पुलिसले गण्डकी प्रेदशलाई ३-१ सेटले हराएको थियोे । खेलमा आर्मी १८-२५, २५-२२, ३१-३३, २५-२१, १५-११ ले विजयी पायो । यस्तै पुलिसले गण्डकी लाई २५-१५, २५-१५, २०-२५, २५-२० ले पराजित गर्‍यो ।

फाइनल खेल भोली बुधवार शुक्र भलिबल कोटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको