आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलको उपाधिका लागी नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने

बाँके, १० बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने  भएका छन् ।

मंगलवार बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा दुवैले सेमिफाइनलमा जित निकाल्दै स्वर्ण पदकका लागि भिडन्त पक्का गरेका हुन् ।

आर्मीले अर्को विभागीय टोली एपीएफलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दा पुलिसले गण्डकी प्रेदशलाई ३-१ सेटले हराएको थियोे । खेलमा आर्मी १८-२५, २५-२२, ३१-३३, २५-२१, १५-११ ले विजयी पायो । यस्तै पुलिसले गण्डकी लाई २५-१५, २५-१५, २०-२५, २५-२० ले पराजित गर्‍यो ।

फाइनल खेल भोली बुधवार शुक्र भलिबल कोटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस