काठमाडौँ, १० वैशाख । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई र हैदरावाद भिड्दै छ ।
आज मंगलबार चेन्नईस्थित चिदामबराम स्टेडियममा हुने खेलमा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच भिड्ने भएको हो ।
खेल राति ८ः१५ मा सुरु हुनेछ । लिगको दोस्रो स्थानमा रहेको चेन्नईको १० खेलबाट १४ अंक छ । चौथो स्थानको हैदरावादको ९ खेलबाट १० अंक छ ।





