मुगुमा अझै पुगेन पाठ्यपुस्तक

मुगु, १० वैशाख । हिमाली जिल्ला मुगुमा शैक्षिक सत्र सुरु भएको एक साताभन्दा बढी हुँदा समेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।

शैक्षिक सत्र सुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भनिए पनि मुगुका चार वटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकाबाहेक अन्य तहमा पाठ्य पुस्तक पुगेको छैन । खत्याड गाउँपालिकामा रहेका ४१ विद्यालयका ३ हजार ९९० जना विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

यता छायानाथ रारा नगरपालिकाका पाँच हजार १२९, सोरु गाउँपालिकाका रहेकका चार हजार ५८० र मुगुम कार्मारोङ गाउँपालिकाका ९७१ जना विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । केही विद्यालयले पुराना पाठ्यपुस्तक प्रयोग गर्ने भएकाले यो शैक्षिक सत्रमा १६ हजार सेट पुस्तक आवश्यक पर्ने इकाइले जनाएको छ ।

पुस्तक विक्रेता जनक शिक्षा सामग्री सुर्खेतको सम्पर्कमा पुगेका र उनीहरुलाई छिटो पुस्तक ल्याउन ताकेता गरिएको प्रमुख खत्रीले बताए । यता कर्मचारी समायोजनले स्थानीय तहका कर्मचारी फेरबदल भइरहँदा समयमै बजेट निकासा नहुँदा पुस्तक ल्याउन ढिलाइ भएको बताइएको छ । त्यस्तै आगामी एक साताभित्र पुस्तक विद्यालयमा पु¥याउने समेत सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ ।  अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ।  चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले