मुगुमा अझै पुगेन पाठ्यपुस्तक

मुगु, १० वैशाख । हिमाली जिल्ला मुगुमा शैक्षिक सत्र सुरु भएको एक साताभन्दा बढी हुँदा समेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।

शैक्षिक सत्र सुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भनिए पनि मुगुका चार वटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकाबाहेक अन्य तहमा पाठ्य पुस्तक पुगेको छैन । खत्याड गाउँपालिकामा रहेका ४१ विद्यालयका ३ हजार ९९० जना विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

यता छायानाथ रारा नगरपालिकाका पाँच हजार १२९, सोरु गाउँपालिकाका रहेकका चार हजार ५८० र मुगुम कार्मारोङ गाउँपालिकाका ९७१ जना विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । केही विद्यालयले पुराना पाठ्यपुस्तक प्रयोग गर्ने भएकाले यो शैक्षिक सत्रमा १६ हजार सेट पुस्तक आवश्यक पर्ने इकाइले जनाएको छ ।

पुस्तक विक्रेता जनक शिक्षा सामग्री सुर्खेतको सम्पर्कमा पुगेका र उनीहरुलाई छिटो पुस्तक ल्याउन ताकेता गरिएको प्रमुख खत्रीले बताए । यता कर्मचारी समायोजनले स्थानीय तहका कर्मचारी फेरबदल भइरहँदा समयमै बजेट निकासा नहुँदा पुस्तक ल्याउन ढिलाइ भएको बताइएको छ । त्यस्तै आगामी एक साताभित्र पुस्तक विद्यालयमा पु¥याउने समेत सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह