इण्डियन प्रिमियर लिग : राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौँ, १० वैशाख । इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ ।

सोमबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग १४ अंक बराबरी गर्दै रनरेटका आधारमा लिगको शीर्ष स्थानमा पुगेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनायो । उसका लागि अजिन्क्या राहाणेले अविजित शतक प्रहार गरे । उनले ६३ बलमा अविजित एक सय ५ रन बनाए । जसमा ११ चौका र तीन छक्का सामेल थियो । यस्तै कप्तान स्टिभ स्मिथले ५० र स्टुवार्ट विन्नीले १९ रनको योगदान गरे ।

५ रनमा पहिलो विकेट गुमाएको राजस्थानका लागि दोस्रो विकेटका रुपमा राहाणे र स्थिमले एक सय ३० रनको साझेदारी गरेका थिए । जवाफमा दिल्लीले १९ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । दिल्लीको जितमा रिशव पन्तले अविजित ७८ रन बनाए । यस्तै शिखर धवनले ५४ रन बनाए भने पृथ्वी शा ले ४२ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate