कार्डिफ सिटीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौँ, ९ वैशाख । इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । कार्डिफ सिटीलाई २–० ले हराउँदै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

कार्डिफको मैदानमा भएको खेलको ५७औं मिनेटमा जर्जिन्हो विनाल्डमले गोल गरेपछि लिभरपुलले अग्रता लियो । ८१औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीलाई जेम्स मिल्नरले गोलमा परिणत गर्दै लिभरपुललाई २–० को जित दिलाए । जितसँगै लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । प्रिमियर लिग तालिकामा म्यान्चेस्टर सिटी ८६ अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर