बम विष्फोटमा परि २० को मृत्यु, २०० जना भन्दा बढी घाइते

एजेन्सी, ८ बैशाख । श्रीलंकामा बम विष्फोट हुदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २०० जना भन्दा बढी घाइते भएका छन् ।

आईतबार बिहान स्थानीय समयअनुसार ८ बजेर ४५ मिनेटमा श्रीलंकाको गिर्जाघर र होटलहरूमा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला श्रृंखलावद्ध बम विष्फोटमा परि कम्तीमा २० जनाको मृत्यु भएको छ भने २०० जना भन्दा बढी घाइते भएको श्रीलंकाका प्रहरी प्रवक्ता रुवान गुसेकेराले जनाएको छ ।

श्रीलंकाका ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो । कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ