काठमाडौँ, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ ।
टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो ।
यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।
दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए ।






