एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप : नेपालको सानदार विजयी सुरुवात

काठमाडौँ, ७ वैशाख । एसीसी यू–१६ पूर्वी क्षेत्रीय कपमा नेपाल म्यानमारविरुद्धको पहिलो खेलमा ७ विकेटले विजयी भएको छ ।

म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्याएको हो । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३।२ ओभरमा अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि अर्जुन कुमालले १४ बलको सामना गर्दै चार चौकाको मद्दतमा अविजित २६ रन बनाए । त्यस्तै सुवास ऐरले ११, दीपक बोहरा ६, विशाल विक्रमकेसीले ३ र प्रशान्त महतले अविजित ९ रन बनाए । म्यानमारका लागि काउंग एचटेटले २ विकेट लिए भने जिन कोकोले १ विकेट लिए ।

म्यानमारका लागि काउंग एचटेटले १९ र क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका चार खेलाडीले एक रन पनि जोड्न सकेनन् । विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट लिए । ५ ओभर फ्याँकेका केसीले २१ रन दिँदै ४ विकेल लिएका हुन् । रमेश कुर्मी र निखिल कुमार सिंहले समान १(१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate