एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप : नेपालको सानदार विजयी सुरुवात

काठमाडौँ, ७ वैशाख । एसीसी यू–१६ पूर्वी क्षेत्रीय कपमा नेपाल म्यानमारविरुद्धको पहिलो खेलमा ७ विकेटले विजयी भएको छ ।

म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्याएको हो । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३।२ ओभरमा अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि अर्जुन कुमालले १४ बलको सामना गर्दै चार चौकाको मद्दतमा अविजित २६ रन बनाए । त्यस्तै सुवास ऐरले ११, दीपक बोहरा ६, विशाल विक्रमकेसीले ३ र प्रशान्त महतले अविजित ९ रन बनाए । म्यानमारका लागि काउंग एचटेटले २ विकेट लिए भने जिन कोकोले १ विकेट लिए ।

म्यानमारका लागि काउंग एचटेटले १९ र क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका चार खेलाडीले एक रन पनि जोड्न सकेनन् । विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट लिए । ५ ओभर फ्याँकेका केसीले २१ रन दिँदै ४ विकेल लिएका हुन् । रमेश कुर्मी र निखिल कुमार सिंहले समान १(१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर