बेंगलोरद्वारा कोलकाता पराजित, विराट कोहलीको आईपीएलमा पाचौँ पटक शतक

काठमाडौँ, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको ३५ औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाईट राईटर्सलाई १० रन पराजित गरेको छ ।

२ सय १४ रनको लक्ष्य पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३ रन मात्रै बनाउन सक्यो । कोलकताको घरेलु मैदान इडेन गार्डेनमा बैंग्लोरको जितमा कप्तान विराट कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का सहित १ सय रन बनाए । मोईन अलीले १३ रन खर्चेर अन्तिम ओभरको पाँचौ बलमा आन्द्रे रसेललाई रन आउट गराए । अन्तिम बलमा नितेश रानाले छक्का प्रहार प्रहार गरे ।

आन्द्रे रसेलले २५ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाए भने नितेश राना ४६ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । कोलकताका ओपनर क्रिस लिन १, सुनिल नारायण १८ रनमा आउट भए । त्यस्तै रोविन उथप्पा ९ र सुभमन गिल पनि ९ रनमै आउट हुनका लागि बेंगलोरका डेल स्टेनले २ विकेट लिए भने मार्कस स्टोइनिस र नन्दीप सैनीले पनि एक एक विकेट लिए ।

उता बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो । बेंगलोरको सानदार योगफलका लागि कप्तान कोहलीको शतकसँगै मोईन अलीको उत्कृष्ट प्रर्दशन रह्यो । आइपिएलले जनाए अनुसार यो कोहलीको आईपीएल अन्तर्गतको पाँचौ शतक हो ।

विराटपछि मोईन अलीले उत्कृष्ट ब्याटिंका लागि २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रन बनाए । उनी १६ औं ओभरको अन्तिम बलमा प्रसिद्ध कृष्णबाट क्याच आउट भए ।

ओपनर पार्थिव पटेल ११ र अक्षयदिप नाथ १३ रनमा आउट भएभने मार्कस स्टोइनिस ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहनका लागि कोलकताका सुनिल नारायण, आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले एक एक विकेट लिए ।

कोलकता ९ खेलमा ४ जितसहित ६ स्थानमा छ भने बेंग्लोर २ जितसहित अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate