विद्यार्थीसँग खुसी साट्दै ट्रिटनका अध्यक्ष शाहको जन्मदिन

काठमाडौँ, ६ बैशाख । छोटो समयमै शैक्षिक क्षेत्रमा अलग पहिचान बनाउन सफल ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल तथा ट्रिटन इन्टरनेशनल कलेज सुविधानगर, तिनकुनेले विद्यार्थी र शिक्षकसँग खुसी साटासाट गरि आफ्नो शैक्षिक संस्थाका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहको ५५ औं जन्मोत्सव मनाएको छ ।

विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह र निर्देशक राजन सुवेदीले शुक्रबार विद्यालयमा आयोजना गरेको जन्मोत्सव समारोहमा कार्यकारी अध्यक्षले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई केक खुवाएर आफ्नो जन्मदिन मनाएका थिए ।

भाइस प्रिन्सिपल शाह तथा निर्देशक सुवेदीले कार्यकारी अध्यक्ष शाहलाई खादा तथा उपहार दिएका थिए भने कार्यकारी अध्यक्ष शाहको सम्मानमा विद्यालयले १० पाउण्डको केक ल्याएको थियो ।

यसैगरि ट्रिटन इन्टरनेशनल कलेजले आयोजना गरेको जन्मदिन समारोहमा कलेजका कार्यकारी निर्देशक डा. शम्भुकुमार दास, भाइस प्रिन्सिपल श्रीकृष्ण विष्ट, विज्ञान विभाग संयोजक नविन कर्ण, प्रशासन विभाग प्रमुख ऋतु न्यौपाने लगायत शिक्षक र विद्यार्थीहरुले कार्यकारी अध्यक्षलाई केक खुवाउँदै शुभकामना दिएका थिए ।

शिक्षा तथा व्यवशाय क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै ट्रिटन इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष एवम् डिभि ग्रुप अफ कम्पनिका संस्थापक अध्यक्ष शाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले १ बैशाखमा जनसेवाश्री विभुषणबाट विभुषित गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस