आठौं राष्ट्रिय खेल अन्तर्गत भलिबलमा एपीएफको दोहोरो जित

बाँके, ६ बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टिमले जित हात पारेका छन् ।

खजुरास्थित भलिबल एकेडेमीमा भएको खेलमा महिलातर्फ एपीएफले प्रदेश नम्बर ४ लाई तथा पुरुषतर्फ प्रदेश ५ लाई समान ३-० को सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । एपीएफको महिला टोलीले प्रदेश १ लाई २५-४, २५-९, २५-१० को सेटमा हरायो ।

यस्तै एपीएफको पुरुष टिमले प्रदेश ५ लाई २५-८, २५-२१, २५-२१ ले हरायो । पुरुषतर्फकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो सेट गुमाएपनि गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्‍यो ।

पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछि गण्डकीलाई २५-१८, २५-२१, २५-१४ ले पराजित गर्‍यो । महिलातर्फको अर्को खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई २५-९,२५-७, २५-१३ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको