आठौं राष्ट्रिय खेल अन्तर्गत भलिबलमा एपीएफको दोहोरो जित

बाँके, ६ बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टिमले जित हात पारेका छन् ।

खजुरास्थित भलिबल एकेडेमीमा भएको खेलमा महिलातर्फ एपीएफले प्रदेश नम्बर ४ लाई तथा पुरुषतर्फ प्रदेश ५ लाई समान ३-० को सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । एपीएफको महिला टोलीले प्रदेश १ लाई २५-४, २५-९, २५-१० को सेटमा हरायो ।

यस्तै एपीएफको पुरुष टिमले प्रदेश ५ लाई २५-८, २५-२१, २५-२१ ले हरायो । पुरुषतर्फकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो सेट गुमाएपनि गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्‍यो ।

पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछि गण्डकीलाई २५-१८, २५-२१, २५-१४ ले पराजित गर्‍यो । महिलातर्फको अर्को खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई २५-९,२५-७, २५-१३ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकेको

काठमाडौँ, ६ असोज । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ