लिबियाको राजधानीमा हिंसाका कारण २०५ को मृत्यु

एजेन्सी, ६ बैशाख । लिबियाको राजधानी त्रिपोलीमा हिंसाका कारण २ सय ०५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (WHO)को ट्वीट अनुसार, लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको जनाएको छ ।

लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु भएपछि देशमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र विद्रोहीबीच संघर्ष जारी रहेको छ । उक्त हिंसामा २ सय ०५ जनाको मृत्यु भएको र हालसम्म करिब एक हजार मानिस घाइते भएका छन् ।

यसैबीच भारतले लिबियामा रहेका आफ्ना नागरिकलाई सुरक्षित रूपमा भारत फर्काउने पहल सुरु गरेको छ । एक हेल्पलाइन नम्बर जारी गर्दै भारतले नागरिकलाई भारत फर्काउने कोशिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर