श्रमिक शान्ति माविको ‘घरदैलो कार्यक्रम’ शुरु

ललितपुर, ६ बैशाख । नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै सामुदायीक विद्यालयतर्फ उत्कृष्ट श्री श्रमिक शान्ति मावि च्यासलले नयाँ विद्यार्थी भर्नाको लागि दोस्रोपटक घरदैलो कार्यक्रम २०७६ सञ्चालन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारका साथै समितिका पदाधिकारीहरु, प्रधानाध्यापक सानुलाल व्यञ्जनकार, सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीसहित विद्यालयका शिक्षक÷शिक्षिका, विद्यार्थीहरुका साथै वडा प्रतिनिधि, च्यासल टोल सुधार समितिका पदाधिकारीहरु समेतको सहभागितामा घरदैलो अभियान शुरु गरिएको हो ।

‘हाम्रो शहर, हाम्रो गाउँ, सबै वालवालिकालाई विद्यालय पुर्याऔं’ भन्ने राष्ट्रिय नाराका साथ गत चैत २७ गते पहिलोपल्ट विद्यालयले नयाँ भर्ना अभियानको लागि पहिलो घरदैलो कार्यक्रम शुरु गरेको सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले बताउनुभयोे ।

पहिलोपल्ट चैत २७ गते विद्यालय हाताबाट शुरु भएको घरदैलो कार्यक्रम ललितपुरको कोबहाल, कुम्भेश्वर, ज्वागलबाट शंखमुल, कोटेश्वर हुँदै ललितपुरको च्यासल हुँदै विद्यालयमा पुगेको थियो ।

यसैगरि बैशाख ४ गते सञ्चालन गरेको दोस्रो घरदैलो कार्यक्रम विद्यालय हाताबाट शुरु भई बालकुमारी मन्दीर, सल्लाघारी, गुँईटोल, पिँछे, पिलाँछे, दुपाट, चपट, हौगल, वलखु हुँदै भिन्द्योलाक्षीसम्म पुगेको थियो ।

चैत २७ र बैशाख ४ गते सञ्चालन गरिएको नयाँ भर्ना अभियानको लागि आयोजित ‘घरदैलो कार्यक्रमबाट ५० जना नयाँ विद्यार्थी भर्ना भईसकेको सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले बताउनुभयो । यो शैक्षिकसत्रमा अरु सयजना विद्यार्थी थपिने पनि कार्कीले बताउनुभयो ।

यसअघि विद्यालयमा नर्सरी कक्षादेखि १२ कक्षासम्म गरि १ हजार १ सय २५ जना विद्यार्थी अध्यनरत छन । विद्यालयले शैक्षिकसत्र २०७५ देखि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटि) बाट तीनवर्षे डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ्ग विषयको पढाई पनि शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह