इण्डियन प्रिमियर लिग : मुम्बईले दिल्लीलाई हरायो

काठमाडौँ, ६ वैशाख । इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

मुम्बईका लागि कुर्नाल पाण्ड्या अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । यस्तै हार्दिक पाण्ड्याले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । सूर्यकुमार यादवले २६ रन बनाए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए ।

मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएन । मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।

जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा