नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ, ५ वैहाख । शेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

बिहीबार पनि शेयर बजारमा उच्च वृद्धि भएको छ । नेप्से परिसूचक १५ अंकले बढेर १ हजार २ सय ३२ अंक माथि पुगेको छ । सेन्सेटिभ परिसूचक पनि चार अंकले बढेको छ । बिहीबार १ सय ६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका समुहमध्ये बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स कम्पनी लगायतका समुहमा वृद्धि भएको छ । बीमा क्षेत्रका समुहमा भने गिरावट आएको छ । लगानीकर्ताको आकर्षण कुमारी बैंकमा सबैभन्दा बढी देखियो । यो बैंकको शेयर कारोबार ८ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको भएको छ । कुमारी बैंकको दुई आर्थिक वर्षको बोनस सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि लगानीकर्ताले खरिद चाप बढाएको देखिन्छ ।

एसबिआई बैंकका शेयरधनीले सबैभन्दा बढी ६ दशमलव ६५ प्रतिशतले कमाएका छन भने माउण्टेन हाइड्रोका शेयरधनीले झण्डै ६ प्रतिशतले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार