काठमाडौँ, ५ वैशाख । आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा सुन २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





