पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण

काठमाडौँ, ५ वैशाख । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा प्रक्षेपण गरिएको हो ।

यो स्याटेलाइटले तत्कालै तस्बिर पठाउनुबाहेक अरु काम गर्ने छैन । सूचना प्रविधिका क्षेत्रमा अहिले भइरहेका सबै काम अन्तर्राष्ट्रिय स्याटेलाइटबाटै हुनेछन् । तस्बिरबाहेक नेपालको मौसमी अवस्था, पर्वतीय श्रृङ्खला, हिमनदीको अवस्थालाई अनुसन्धान गर्न पनि यसले सहयोग पुर्‍याउने छ । अहिले महंगो मूल्य तिरेर भारत, चीनलगायत तेस्रो देशको स्याटेलाइटबाट काम चलाइरहेको नेपालले यसपछि ‘मेगा स्याटेलाइट’ निर्माण सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । २०८३ साल असोज १२ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य फलदायी रहनेछ। व्यापारमा लाभ हुनेछ।

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार