काठमाडौँ, ४ वैशाख । आज बुुधबार नेप्सेमा सुधार आएको छ ।
नेप्से आज चार दसमलव ९९ अंकले बढेर १२ सय सात दसमलव चार अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३२ अंकले बढेर दुुई सय ६१ दसमलव ५७ अंकमा पुगेको छ ।
एक सय ७१ कम्पनीहरुको नौ हजार पाँच सय ९७ वटा कारोवारमा २८ लाख एक हजार छ सय १३ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ८२ करोड १६ लाख ९८ हजार १० रुपैयाँ पुगेको छ ।
१० वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेका छन भने छ वटा समुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ९३ अंकले बढेर एक हजार ९६ दसमलव ३४ अंकमा पुगेको छ ।






